चितवन विशेष

कृष्णपुरमा ११० जनाले गरे रक्तदान

Banner

चितवन, कात्तिक ६–

रगतको मागलाई परिपूर्ति गर्न कृष्णपुरमा रगत संकलन गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाले भरतपुर–७ बुद्धचोकमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट एक सय १० पिन्ट रगत संकलन गरिएको हो । कार्यक्रममा १२ महिलासहित ११० जनाले रक्तदान गरेको उपशाखा सभापति कृष्ण ढकालले जानकारी दिनुभयो ।

बागमती प्रदेश सभा सदस्य मिलन बाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि वडाध्यक्ष राजेन्द्रमणी काफ्ले, नेपाल रेडक्रस सोसाईटीका मन्त्री हरिप्रसाद पौडेल, उपशाखाका पूर्व सभापति काशीराम अधिकारी, नेपाली कांग्रेसका वडा सभापति विनोद ढकाल, वडा सदस्य सरिता कुमारी पाठक, कृष्णपुर स्पोर्टस क्लबका अध्यक्ष दिपेन्द्रराज पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उपशाखाका सभापति कृष्णप्रसाद ढकालको सभापतित्वमा कार्यक्रम भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>