चितवन विशेष
एमाले रत्ननगर ७ को अध्यक्षमा सूर्य तामाङ्ग
०

चितवन, कार्तिक ६ –
नेकपा एमाले रत्ननगर ७ को अध्यक्षमा सूर्य तमाङ्ग चयन भएका छन् ।
आज सम्पन्न वडा अधिवेशनले अध्यक्षमा तमाङ्गलाई चयन गरेको हो ।
अधिवेशनले वडा कमिटीको उपाध्यक्षमा श्रीराम सिल्वाल, सचिवमा उज्वल पोखरेल, उपसचिवमा प्रतिभा उप्रेती र परारी चौधरीसहित ३१ सदस्यीय कमिटी गठन गरेको छ ।
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन भैरहेका छन् । वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























