Breaking News

चितवनमा एमालेको वडा अधिवेशन उत्साहजनकरुपमा चल्दै (फोटो/भिडियोसहित)

Banner

चितवन, कार्तिक ६ –

नेकपा एमालेको वडा अधिवेशन चितवनका सबै ९८ वडामा उत्साहजनकरुपमा चलिरहेको छ । कतिपय वडाहरुले पार्टी नेतृत्व पाइसकेका छन् भने कतिपय वडाहरुमा अधिवेशन जारी छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज देशभरका सबै वडा अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् । एमाले केन्द्रीय कार्यालबाट सबै वडाहरुमा एक साथ उद्घाटन गरिएको हो । इन्टरनेट पहुँच भएका वडाका अधिवेशनमा केन्द्रीय कार्यालयको कार्यक्रमलाई डिस्पले गरी देखाइएको छ ।

देशभर रहेका ६ हजार ७४३ वटै वडामा आज एकैदिन वडा अधिवेशन गर्ने भनिएको भए पनि केही वडाहरुमा बाढीपहिरो र अति वर्षाका कारण अधिवेशन हुन नसकेको एमालेले जनाएको छ ।

एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र कार्तिक ९ गते पालिका अधिवेशन हुँदै छ । महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमै हुँदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>