Breaking News

बाढीका कारण अवरुद्ध विराटनगर विमानस्थल पुन: सुचारु, दिनभरमा १८ उडान

Banner

विराटनगर, कात्तिक ६-
अविरल वर्षाका कारण बाढी पस्दा कात्तिक ३ गतेदेखि अवरुद्ध भएको विराटनगर विमानस्थलको उडान आजदेखि सञ्चालनमा आएको छ ।

आजदेखि उडान सुरु भएको र दिनभरमा १८ वटा फ्लाइट रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । त्यस्तै हाल उडान सुचारु भएको समेत उनले जानकारी दिएका छन् ।

कात्तिक ३ गते विमानस्थलमा बाढी पसेपछि ४ र ५ गते विमानस्थलका उपकरणहरुको परीक्षण गरिएको थियो । परीक्षणमा उडान योग्य देखिएपछि आजदेखि उडान सुरु भएको प्राधिकरणको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>