Breaking News

बाढीपहिरो अपडेट : १११ जनाको मृत्यु, ३३ जना अझै बेपत्ता

Banner

काठमाडौँ, कात्तिक ६
भारी वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ भने ३३ जना अझै बेपत्ता रहेका छन् ।

कात्तिक एक गतेदेखि भारी वर्षासँगै आएको बाढीपहिरोमा परी प्रदेश १ मा ६६ जना, सुदूरपश्चिम प्रदेशमा ३४ जना, कर्णाली प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा दुई जना र बागमती प्रदेशमा एकजना गरी जम्मा १११ जनाको मृत्यु भएको हो।

यस्तै सुदूरपश्चिम प्रदेशमा २० जना, प्रदेश १ मा ९ जना, लुम्बिनी प्रदेशमा दुई जना, प्रदेश २ र कर्णालीमा एकएक जना बेपत्ता भएका छन् ।

साथै प्रदेश १ मा १८ जना, सुदूरपश्चिम प्रदेशमा १३ जना र कर्णाली प्रदेशमा एक जना गरी जम्मा ३२ जना घाइते भएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार आज बिहानसम्म बाढीपहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>