चितवन विशेष

चितवनको रत्ननगर नगरपालिकाले धान थन्क्याउन किसानलाई १० हजार सहयोग गर्ने

Banner

चितवन,कार्तिक ५-

अविरल वर्षाका कारण खेतमा ढलेको र काटेर सुकाइएको धान थन्क्याउन रत्ननगर नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । नगरपालिकाले प्रतिविघाह रु १० हजार सहयोग गर्ने भएको हो ।

वर्षाका कारण भित्र्याउने बेला भएको धानमा क्षति भएपछि निरास बनेका किसानलाई नगरपालिकाले तत्काल राहत उपलब्ध गराउन लागेको हो । नगरपालिकाका प्रमुख नारायण वनले किसानको खेतमै पुगेर क्षतिको अनुगमन र निरीक्षणका क्रममा किसानलाई राहत दिने घोषणा गर्नुभएको हो । प्रमुख वनले भन्नुभयो, “यो रकम पर्याप्त होइन तर भिजेको धान सुकाउन र व्यवस्थापन गर्न कामदारलाई ज्याला दिन केही सहज हुने छ ।”

भिजेको धानलाई व्यवस्थापन गर्न नसके भोकमरी लाग्ने भन्दै उहाँले ज्याला दिने पैसाको अभावका किसानको धान खेतमा कुहिन नदिने प्रतिबद्धता जनाउनुभयो । सो नगरपालिकाले १६ वटै वडामा क्षतिको विबरण सङ्कलन गरिरहेको छ ।

कृषि विकास शाखाका कर्मचारीसहित वडाका जनप्रतिनिधि र कर्मचारीले किसानको खेतमै पुगेर क्षतिको विबरण सङ्कलन गरिरहेका छन् । वर्षाका कारण भिजेको धान खेतमै उम्रिन थालेको छ । काटेर पाँजामा रहेको धान उम्रिन थालेपछि किसानले केही अग्लो ठाउँमा सारेर सुकाउन थालेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>