Breaking News
प्रहरीमा अब कसैलाई पनि तँ भन्न नपाइने,गृहमन्त्रीले दिए यस्तो निर्देशन
०

काठमाडौं,कार्तिक ५-
नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा अब कसैलाई पनि ‘तँ’ भन्न नपाइने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयमा शुक्रबार भएको एक कार्यक्रममा तीनवटै संगठनका उच्च अधिकारीलाई राखेर यस्तो निर्देशन दिएका हुन् ।
नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेलले संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको जानकारी दिए । ‘मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्न निर्देशन भएको छ,’ उनले भने ‘अब संगठनमा कसैले कसैलाई ‘त’ भन्न मिल्दैन । ‘सम्मानाथी’ शव्द प्रयोग गर्नुपर्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























