Breaking News

भ्रष्टाचार गरेको भन्दै कार्यालय प्रमुखलाई सिके राउतका कार्यकर्ताले अर्धनग्न बनाएर नगर घुमाए

Banner

जनकपुरधाम,कार्तिक ४-

 भ्रष्टाचार गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय प्रमुख राजेश्वर कुशवाहालाई सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् ।

ढल निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै प्रमुख कुशवाहालाई अर्धनग्न बनाएर हिलो दली उनीहरूले बजार घुमाएका हुन् । प्रदर्शनकारीले जनकपुरधामका मेयर लालकिशोर साहलाई पनि भ्रष्टाचारी भन्दै नाराबाजी गरेका छन् । मेयर साहलाई समेत कारवाही गर्ने उनीहरूले चेतावनी दिए ।

कार्यालय प्रमुख कुशवाहालाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १० कार्यकर्तालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>