Breaking News

बाढीपहिरो अपडेट: ८८ जनाको मृत्यु , ३० जना अझै बेपत्ता

Banner

काठमाडौं, कात्तिक ४
आज बिहानसम्ममा बाढीपहिरो र डुबानबाट विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएको हो ।

त्यस्तै तप ३० जना अझै बेपत्ता रहेको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ । ८८ जना मध्य अधिकांशको पहिराका कारण मृत्यु भएको हो ।

सबैभन्दा बढी बझाङमा २१ जना, पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३० बेपत्ता रहेको गृहमन्त्रालयले जनाएको छ । यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो ।

यसअघि बुधबार ६३ र मङ्गलबार १४ को मृत्यु पुष्टि भएको थियो । विपद्मा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ भने इलाम र डोटीमा १३ र१३ जनाको मृत्यु भएको छ ।

विपद्बाट २० जिल्ला प्रभावित भएको छ । आज भने मौसममा सुधार आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>