चितवन विशेष

चितवनमा छोरीलाई जिताइयो,बाउलाई जिताइयो के पाइयो भन्न थाले जनताः ओली

Banner

चितवन,कार्तिक ३-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस कार्यकर्ताहरु निर्वाचनमा कुन चुनाव चिन्हमा लड्ने भन्ने दुविधामा रहेको बताएका छन । वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काँग्रेस पार्टीको गतिविधिले पुराना काँग्रेसीहरु रुष्ट भएको भन्दै कुन चिन्नहमा भोट हाल्ले भन्ने अन्योलमा रहेको बताए ।
प्रचण्डप्रति लक्षित गर्दै उनले चितवनका जनताले छोरीलाई जिताइयो,बाउलाई जिताइयो के पाइयो भन्न थालेको बताए ।

उनले एमाले अब महाधिवेशनमा जुटेको बताएका छन् । यो महाधिवेशनले कार्यकर्तामात्र होइन जनतालाई समेत परिचालन गर्नुपर्ने उनले बताए । ओलीले माओवादीले एउटा वडा पनि जित्न गाह्रो हुने भनेर प्रचण्डले बोलेको भन्दै आफूले त्यो ठीकै कुरा हो भन्दिएपछि अब देशकै ठूलो पार्टी बन्ने गफ दिन थालेको बताए । वागमती प्रदेश कमिटीको बैठकलाई अहिले ओलीले सम्बोधन गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>