Breaking News
बाढीपहिरोबाट प्रदेश १ मा २२ जनाको मृत्यु
०

विराटनगर, कात्तिक ३-
अविरल वर्षासँगै आएको बाढी र पहिरोले प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ ।
इलाममा सात , धनकुटामा ६ , पाँचथरमा ६ , सुनसरीमा दुई र उदयपुरमा एक जना गरी २२ जनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले जानाकारी दिए ।
त्यस्तै धनकुटाको चौबिसे गाउँपालिका-१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले भीमबहादुर श्रेष्ठको घर पुरेको थियो । पहिरोले पुरिँदा श्रेष्ठसहित ६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























