Breaking News

बाढीको जोखिममा परेका २७ सय मानिसलाई सारियो सुरक्षित स्थानमा

Banner

धनगढी, कात्तिक ३
महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ र १३ मा पर्ने बस्ती जोखिममा परेका छन् । उक्त क्षेत्रको ओदाली, बडैपुर र पिपरैया गाउँमा बाढीले बढी जोखिममा परेका हुन् ।

महाकाली नदीमा पानीको बहाव घट्दै गए पनि ‘भाइरल रोड’ भनेर चिनिने कालोपत्रे सडक कटान गरिरहेकाले बस्तीमा बाढी पस्ने जोखिम बढेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।
त्यस्तै कञ्चनपुरमा भीमदत्त नगरपालिका र दोधाराचाँदनी नगरपालिकाका झण्डै तीन सय घर डुबानमा परेका छन् । यी गाउँसहित वडा नम्बर ९ र दोधाराचाँदनी नगरपालिका–१० का करिब २७ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>