Breaking News
सेती नदी गाउँ पस्यो,५० स्थानीय बाढीमा फसे
०

महेन्द्रनगर,कात्तिक २-
बैतडीमा सेती नदी गाउँ पस्दा झण्डै ५० जना स्थानीय बाढीमा फसेका छन्। जिल्लाकोे सिगास गाउँपालिका–५ डुंगाड बस्तीमा बाढी पसेको हो । सोमबार राति करिब ११ बजेतिर नदी बस्तीमा पस्दा बाढीमा फसेका ५० जना उद्धार पर्खाइमा रहेको स्थानीय राजेन्द्र चन्दले बताए। ‘५०/६० जना नदीले बनाएको टापुमा फसेका छन्,’ उनले भने, ‘समयमै उद्धार भएन भने अवस्था गम्भीर हुनसक्छ।’
उनका अनुसार ढुंगाडमा अहिलेसम्म उद्धारका लागि सरकारी टोली पुग्नसकेको छैन। सेती नदीले बैतडी–डोटी जोड्ने झोलुंगे पुलको एक छेउ पनि बगाएको उनले बताए।बढीमा फसेकाहरुको उद्धारको लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी भइरहेको छ। तर प्रतिकूल मौसमका कारण हेलिकप्टर उडान हुन नसकेको सुदूरपश्चिमकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताइन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























