Breaking News

नुवाकोटमा बस दुर्घटना, ३० जना घाइते

Banner

काठमाडौं, कात्तिक १-
नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

भाल्चेबाट काठमाडौं आउँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा दुर्घटना भएको हो । बस नालीमा खसेर भित्तामा ठोक्किएको छ ।

उक्त् दुर्घटनामा ३० जना घाइते भएको र उनीहरुलाई अस्पताल पठाउने क्रम जारी रहेको नुवाकोटका प्रहरी प्रवक्ता हरिबहादुर ओलीले जानकारी दिए । त्यस्तै दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>