Breaking News

चितवनमा छिमेकीको कुटपिटबाट यसरी भयो दलित व्यक्तिको मृत्यु

Banner

मनिका विश्वकर्मा,

चितवन, असोज ३१ –

चितवनमा छिमेकीको कुटपिटबाट दलित समुदायको एक व्यक्तिको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–४, स्थित भीमबहादुर विश्वकर्माको छिमेकीको कुटपिटबाट मृत्यु भएको हो । छिमेकी सीताराम बस्नेत र दीलिप श्रेष्ठले कुटपिट गर्दा ५८ वर्षीय भीमबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिएका छन् ।

घटनाक्रमः

दशैँको अघिल्लो दिन भीममाथि कुटपिट गरिएको छिमेकीले बयान दिएका छन् । मधुमेह रोगी भिमले मादक पदार्थ सेवन गर्न केही वर्ष अघि नै छाडेका थिए । गाउँघरमा मिस्त्री काम गर्दै आएका भीमले परिवारको जिम्मेवारी आफैँ सम्हाल्दै आएका थिए । त्यो दिन बिहानको ९ बजे घरमा पाहुनाको करले भिमले थोरै भए पनि मादक पदार्थ भने सेवन गरेका थिए । सोही बेला उनैले हुर्काउदै आएका नातिको घरमा सम्पत्तिको बारेमा कुराकानी गर्न पुगेका थिए । तर हजुरबुबाले मापसे गरेको थाहा पाएपछि नाती कुरा नगर्दै बाहिर निस्किए । त्यसपश्चात कान्छा नातिलाई हातमा समातेर भिम दीलिपको फार्मेसी तर्फ लागेका थिए । फार्मेसीमा भीम कहिलेकाँही बिरामी पर्दा औषधि, उपचारको लागि जाने गरेकोे छिमेकीहरु बताउँछन् । दीलिपले औषधि मात्रै बेच्ने भए पनि भीमले भने बिरामी जाच्ने डाक्टरको रुपमा नै सम्बोधन गर्दथे । दीलिपको फार्मेसी नजिकै सीतारामको पनि घर छ । हल्का मादक पदार्थ सेवन गरेकाले पनि भीम आफ्नै कुरालाई लिएर कराईरहेका थिए । सो क्रममा उनले सीताराम र दीलिपको बारेमा पनि केही बोल्न भ्याए । त्यसपश्चात अश्लील शब्द बोलेको कारण भीमलाई प्लाष्ट्रिकको पाइपले सीतारामले कुटेको स्वीकार गरेका छन् । त्यस्तै दीलिपले पनि आफूलाई तथानाम गालीगलौज गरेका कारण आफूले कुटपिट गरेको जाहेरीमा उल्लेख छ । भिमले मापसेको बेला दुःखका कुराहरु मात्रै बोल्दै आएको तर अश्लील शब्दहरु नबोल्ने गरेको छिमेकीहरुको भनाई छ ।

कुटपिट भएको केही समयमा भीम अचेत अवस्थामा ढलेका थिए । त्यसपछि पीडक सीतारामले नै भीमलाई अस्पतालको लागि एम्बुलेन्स लगे । अस्पताल लैजाने क्रममा भीमका कान्छा ज्वाई विकास विश्वकर्माले घटना बारे थाहा पाएका थिए । अचेत अवस्थामा ढलेका भीमलाई भरतपुर अस्पताल लैजाने भनिए पनि चितवन मेडिकल कलेजमा पु¥याईएको थियो । तर केही समयमा नै चिकित्सकले भीमको मृत्यु भएको घोषणा गरेको थियो । भीमको माईली छोरीले सिएमसीमा सीतारामको आफन्त भएकोले त्यहाँ लगेपछि घटना लुकाउन सकिने भनेर सरकारी अस्पताल नलगिएको आरोप लगाएकी छन् । भीमको मृत्यु भएपछि त्यसबेला सीतारामले कुटपिट गरेको स्वीकार गरेका थिएनन् । दीलिपले सीतारामले पनि भीमलाई कुटपिट गरेको आफूले पनि धकेले बयान दिएपछि मात्रै सीतारामले स्वीकार गरेका थिए ।

भीमको कुटपिटपछि टाउकोको पछाडी भागमा चोट लागेको पोष्र्टमार्टम रिपोर्टमा देखिएको छ । दीलिप र सीतारामको कुटपिटबाट नै भीमको मृत्यु भएको पुष्टि भएपछि आफन्तहरुले जिल्ला प्रहरी कार्यालय चितवनमा ज्यान मार्ने कसुरमा जाहेरी दिएका छन् । मृतकका आफन्तले दिएको जाहेरी चितवन प्रहरीले दर्ता गरिसकेको छ भने प्रहरीले पनि अनुसन्धान थालेको छ । घटनाबारे सिसिटिभि फुटेज पनि सुरक्षित रहेको प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिएका छन् । उनले घटनाबारे अनुसन्धान भइरहेको र दोषीमाथि कडा कारबाही हुने अधिकारीले दाबी गरेका छन् ।

आफन्तले जाहेरी दर्ता गराएपछि अनुसन्धानका लागि दीलिप र सीताराम दुवैलाई प्रहरीले पक्राउ गरि हिरासतमा राखिएको छ । सोही घटनालाई लिए आइतबार पीडित परिवार, जनप्रतिनिधिसहित छिमेकीले प्रहरी कार्यालय अगाडि धर्ना दिएका थिए ।

 तस्बिर :मृतकको परिवार

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>