Breaking News
इनारमा डुबेको अवस्थामा भेटियो एक युवकको शव
०

जनकपुरधाम, असोज ३०-
शनिबार बिहान जिल्लाको नरहा गाउँपालिका ३ स्थित सिरहामा इनारमा डुबेको अवस्थामा एक युवक मृत फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक अवधकिशोर ओझाका अनुसार गोलबजार नगरपालिका ८ बस्ने २० वर्षीय शत्रुधन महतोलाई इनारमा डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयका अनुसार युवक नरहामै आयोजित झिझिया नाच हेर्न शुक्रबार राति गएका थिए । नाच हेर्ने क्रममा केही युवकबीच झगडा भएको थियो । झगडा र महतोको मृत्युको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले युवकको शव निकालेर पोष्टमार्टमका लागि पठाउने तयारी गरेको ले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























