चितवन विशेष

चितवनमा थप्पड हान्दा भुईंमा लडेर एक जनाको मृत्यु

Banner

चितवन,असोज २८-

चितवनमा सामान्य विवादमा थप्पड हान्दा भुइँमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ४ रामघाटका भीमबहादुर बिक रहेका छन् ।

रामघाटस्थित दुर्गाचोकमा मदिरा सेवन गरेका बिकलाई सोही ठाउँका दीलिप श्रेष्ठले सामान्य विवादमा थप्पड हान्दा उनी भुइँमा लडेको र उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए । उनकाअनुसार भुइँमा लड्दा उनको टाउकोमा चोट लागेको थियो ।

पछि स्थानीयले उपचारका लागि चितवन मेडिकल कलेज लगेका थिए । तर, उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।थप्पड हान्ने श्रेष्ठलाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको अधिकारीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>