Breaking News
मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु
०
सुर्खेत, असोज २६ –
मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । ३९ जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी गइरहेको बस दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको हो । भे १ ख ३१६७ नम्बरको बस सडकबाट झन्डै ३ सय मिटर तल खसेको छ ।
बस दुर्घटना बारेको पूर्ण विवरण आइनसकेको र घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको कार्यालयले जनाएको छ । सडकबाट खसेको बस क्षतविक्षत भएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























