Breaking News
डडेल्धुरामा बस दुर्घटना हुँदा १६ जना घाइते
०

डडेल्धुरा, २६ असोज –
धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् ।
बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो । बसमा ५०/६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । (रासस)
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























