Breaking News
बसले पैदल यात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु
०
चितवन, असोज २४ –
चितवनमा बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।
आज आइतबार दिउसो भरतपुर– ७ को विकासको चोकमा बसको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्यबहादुर थापाका अनुसार चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको बा १ प १२८४ नम्बरको बसले बालकलाई ठक्कर दिएको हो ।
बसले ठक्कर दिएका बालकलाई उद्दार गरी भरतपुर अस्पताल लगिएको भए पनि अस्पतालले बालकलाई मृत घोषणा गरेको हो ।
बालकको मामाघरकी हजुर आमा ४६ वर्षीय सुर्यकुमारी लामिछाने घटनापश्चात अचेत भएकी छिन् । उनको शरीरमा बाहिरी चोट नरहेको डिएसपी थापाले जानकारी दिए । बस चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























