चितवन विशेष
चितवन उद्योग संघको अध्यक्षमा कँडेल चयन

चितवन,असोज २३-
चितवन उद्योग संघको अध्यक्षमा त्रिलोचन कँडेल चयन हुनु भएको छ । संघको शनिबार भएको ३० औं साधारणसभा एवं १६ औं अधिवेशनले २०७८/०८० को लागि कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षहरुमा सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, गजेन्द्र अधिकारी, युगराज वस्ती, मदन चिरञ्जिवी पोखरेल र तारा बहादुर कार्की चयन हुनु भएको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा गोविन्द्रप्रसाद खनाल, युवराज पाठक, चन्द्रकान्त सुवेदी, सुदिप कुमार ओली, भोजराज खनाल, नरबहादुर नेपाल, प्रतिभा श्रेष्ठ, जितबहादुर हमाल, गोपाल प्रसाद गैरे, डा. प्रमोद लामिछाने, दिनुप कुमार बराल, दण्डपाणि भट्ट, महेन्द्र बहादुर बानियाँ, पुरुषोत्तम रिजाल, अमर घिमिरे, प्रमेश्वर भण्डारी, चन्दना कोइराला, दुर्गालाल सापकोटा, पार्वती कुवँर, सुरेन्द्र कार्की, वसन्त पौडेल र विशाल चापागाई चयन हुनु भएको छ ।
साधारणसभामासंघका अध्यक्ष राजु पौडेलले अध्यक्षको प्रतिवेदन पेश गर्नुभएको थियो भने संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले संघको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संघका उपाध्यक्ष एवं आर्थिक विभाग संयोजक सूर्यप्रसाद न्यौपानेले संघको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भनेविधान मस्यौदा समितिका संयोजक उपाध्यक्ष मदन घिमिरेले विद्यान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
यसैबीच चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लि.को पनि त्रिलोचन कँडेलको अध्यक्षतामा नयाँ कायसमिति समेत चयन गरेको छ । साकोसको उपाध्यक्षमा सूर्यप्रसाद न्यौपाने, सचिवमा मदन घिमिरे, कोषाध्यक्षमा गोपाल प्रसाद गैरे चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा युगराज वस्ती, दण्डपाणी भट्ट, महेन्द्र बहादुर बानियाँ, चन्द्रकान्त सुवेदी, जितबहादुर हमाल, पार्वती कुँबर र सुरेन्द्र कार्की चयन हुनु भएको छ ।



























