Breaking News
माओवादी निकट अखिल क्रान्तिकारीको बन्द सत्रमा झडप, विद्यार्थीबीच कुर्सी हानाहान
०

काठमाडौं,असोज १८-
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको बन्द सत्रमा झडप भएको छ। केन्द्रीय नेतृत्व चयन भइ घोषणा गर्ने तयारी भइरहेका बेला विद्यार्थीहरुबीच नै झडप भएको हो। सम्मेलनबाट नेतृत्व घोषणा गर्ने बेला असन्तुष्ट समूहका विद्यार्थीले नाराबाजी गरेका थिए। हो–हल्लाकै बीच चयन भएका पदाधिकारीको नाम घोषणा गर्न थालिएपछि विद्यार्थीहरुले तोडफोड गर्दै कुर्सी प्रहार गरेका हुन्।
राष्ट्रिय सम्मेलन अगाडिको समितिका कोषाध्यक्ष केशव रावल पक्षका विद्यार्थीले नाराबाजी र तोडफोड गरेका हुन्। विधान विपरीत केन्द्रीय समितिको संख्या बढाएको भन्दै रावल पक्षले विरोध जनाएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























