Breaking News

वर्तमान सत्ता गठबन्धन एमाले विभाजन गर्नका लागि मात्रै बनेको हो– सांसद रावल

Banner

चितवन,असोज १८-

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्को अवरोध खुलाउने विषयमा सरकारले कुनै चासो नदिएको गुनासो गरेको छ । सोमवार बसेको राष्ट्रिय सभा बैठकको शुरूमै अध्यक्षसँग समय लिएर एमाले सांसद दिलकुमारी रावल थापा (पार्वती)ले सरकारले प्रमुख प्रतिपक्षी दलसँग संवाद नै नगरेको बताएकी हुन् । उनले सभामुखको गलत व्यवहार नसच्चिएसम्म संसद्‍मा विरोध जारी रहने बताइन् ।

यो सरकार गैरकानूनी ढंगले अगाडि बढेको छ । अध्यादेशबाट शासन सञ्चालन गर्दैछ । सम्माननीय सभामुखको व्यवहार गैरसंवैधानिक र दलीय स्वार्थकेन्द्रित देखिन्छ । एउटै अवस्था र उस्तै प्रकृतिका घटनामा सभामुखबाट फरक व्यवहार भएको छ । यस्तो फरक र गलत व्यवहार सच्चिएसम्म विरोध जारी रहने कुरा सम्माननीय अध्यक्षज्यूलाई हाम्रो दल नेकपा एमालेको तर्फबाट जानकारी गराउँदछु,रावलले भनिन् ।

उनले वर्तमान सरकारले विकास निर्माणका कामलाई पनि ठप्प पारेको बताइन् । भैरहवा विमानस्थलको अवस्था के छ ? काठमाडौं–तराई द्रुतमार्गको अवस्था के छ ? बहुचर्चित निजगढ विमानस्थल के हुँदैछ ? विभिन्न महत्त्वपूर्ण सिँचाइ आयोजनाहरू के हुँदैछ ? सरकारसँग छैन । जवाफ दिने मन्त्री पनि छैन,रावलले भनिन्, आज विकासको गति रोकिएको छ । जनतामा निराशा बढेको छ ।

वर्तमान सत्ता गठबन्धन एमाले विभाजन गर्नका लागि मात्रै बनेको जिकिर उनले गरिन् । ुसंसद् चलिरहँदा संसद्लाई छलेर जसरी पनि नेकपा एमालेलाई विभाजन गर्न दलसम्बन्धी अध्यादेश जारी गरेर यो सरकारले लोकतन्त्र र दलीय व्यवस्थाको मर्ममाथि सिधा प्रहार गरी व्यवस्था कमजोर बनाएको छ । परमादेशबाट सरकार बनेको ३ महिना पुग्न लाग्दा पनि सरकार विस्तार हुन सकेको छैन । यो गठबन्धन नेकपा एमाले विभाजन गर्न मात्र बनेको हो भनेर आज आमजनताले प्रश्न गरिरहेका छन्, रावलले भनिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>