Breaking News

चितवन प्रहरीले ल्यायो दसैँ लक्षित सुरक्षा योजना, ७३७ प्रहरी २४ सै घण्टा हाइ अलर्टमा

Banner

चितवन, असोज १८-

दसैँतिहार जस्ता चाडपर्व नजिकिएसँगै चितवन प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याएको छ ।

नागरिकलाई निर्धक्क भएर चाडपर्व मान्न पाउने गरी शान्ति सुरक्षा कायम गर्न प्रहरीले यो योजना ल्याएको हो । चितवन प्रहरीले बनाएको योजनामा ७३७ जना प्रहरी जवान २४ सैं घण्टा आइअलर्टमा रहनेछन् । प्रहरीले चोकचोकमा जो सुकै शंकास्पद व्यक्तिलाई सरप्राइज सुरक्षा जाँच गर्न सक्नेछ भने कुनै अपराधिक घटना घटेमा तत्काल प्रहरी पुग्ने गरी क्यूआरटी (क्विक रेसपोन्स टिम) को परिचालन गरिने योजनामा उल्लेख छ । भरतपुरलगायत चितवनका सबै स्थानीय तहहरुमा प्रहरीले निरन्तर मोबाइल गस्ती गर्ने छन् ।

चितवन प्रहरी प्रमुख ओम अधिकारीले जिल्लाका सबै नागरिक ढुक्कसँग चाडपर्व मनाउन पाउने गरी योजना बनाइएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ कुनै घटना घटेमा वा घट्न सकेमा तत्काल हामीलाई सूचना दिनुहोस् । हामी तत्काल अपराधिक क्रियाकलाप गर्नेलाई नियन्त्रणमा लिनेछौं ।’ उनले नागरिकसँगको सहकार्यमा मात्र सुरक्षा योजना सफल हुने बताए ।

त्यसैगरी दसैँ नजिकिँएजस्तै चितवनबाट विभिन्न जिल्लामा जाने यात्रुहरुको संख्या र आवतजावत पनि बढ्न थालेकोले चितवन प्रहरीले चितवनको तीन ठाउँमा हेल्प डेस्क सञ्चालन गरेको छ । नारायणगढको पुलोचोक, पोखरा बसपार्क र केन्द्रिय बसपार्कमा चितवन प्रहरीको डेस्क रहेको छ । जहाँबाट यात्रुहरुले आफूलाई परेको समस्याहरु प्रहरीलाई जानकारी दिन सक्छन् । प्रहरी प्रमुख अधिकारीले भने, ‘ लामो यात्रामा दुईवटा ड्राइभर राखेको वा नराखेको के छ ? हामीले राम्रोसँग चेक गरिरहेका छौं । सवारीसाधन मादक पदार्थ सेवन गरेर चलाएको वा चलाएकोलाई पनि हामीले निगरानी राखिरहेका छौ ।’ उनले चाडपर्वको समयमा मादकपदार्थ खाएर होहल्ला गर्दै हिड्ने जो कोहीलाई पनि नछाड्ने बताए । चितवनमा चोरी, हत्या जस्ता परम्परागत अपराधिक क्रियाकलापहरु घट्दै गए पनि आधुनिक खालमा साइबर अपराध भने बढ्दै गएको प्रहरीले जनाएको छ । अन्य समयको तुलनामा चाडपर्वको समयमा मानिसहरुको आवतजावत बढी हुने भएकोले अपराधिक घटनाहरु बढ्न सक्ने सम्भावना रहन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>