चितवन विशेष
भरतपुर-१६ मा खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु

चितवन,असोज १६-
चितवनको भरतपुर महानगरपालिका–१६ मा आज (शनिवार) देखि खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । युवा संघ भरतपुर १६ को आयोजनामा भएको प्रतियोगिताको एक कार्यक्रमका विच युवा संघका केन्द्रिय सचिवालय सदस्य यज्ञ विलास पौडेल (वाइबी)ले उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै उहाँले युवाहरुलाई सत्कर्ममा लाग्न खेलकुदले प्रेरणा जाग्ने भएका कारण गाँउगाँउमा यस्ता प्रतियोगिताहरु आयोजना हुनुपर्नै बताउनुभयो । उहाँले युवासंघले देशव्यापी रुपमा युवा लक्षित कार्यक्रमहरु संचालन गरिरहेकाले युवाहरुको आकर्षण बढेको बताउनुभयो । खेलकुदको माध्यामबाट युवाहरुलाई रचनात्मक काममा लाग्न प्रेरणा मिलेको उहाँको भनाई छ ।

पौडेल प्रतियोगिताको मुख्य प्रयोजक रहेको सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेडिङ प्रालिका प्रिन्सिपल समेत हुनुहुन्छ । प्रतियोगितामा चितवनका विभिन्न १७ टिमको सहभागिता रहेको छ ।
कार्यक्रममा,जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष प्रल्हाद प्रधान, नेकपा एमाले वडा नम्व १६ का अध्यक्ष इन्द्र बस्नेत, ढड्डाघारी युवा क्लवका अध्यक्ष क्रृषि थापा, युवा संघ भरतपुर महानगर कमिटी सुविन न्यौपाने लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रम युवा संघ भरतपुर १६ का अध्यक्ष निर्मल गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।



























