Breaking News
पद, पैंसा र कमिसनमा माओवादी पार्टी डुब्योः प्रचण्ड

काठमाडौं,असोज १४-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको कार्यशैलीमा स्खलन आएको बताएका छन् । अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, ‘मैले बनाएका मन्त्रीहरु पार्टीबाट पतन भए । दलालसँग एकाकर भए । अरु जस्तै पतन हुने कि क्रान्तिकारी विरासत थाम्ने प्रश्न खडा भएको छ ।’ उनले भने, ‘क्रान्तिकारी चरित्रमा ह्स आएको छ । जनतासँग एकाकार भएर काम गर्ने कार्य शैलीमा स्खलन भएको छ । हिजोको क्रान्तिकारी आन्दोलनलाई दबाउन सरकारमा बसेका पार्टीहरुले अपनाउने हर्कत लागु गर्ने । पद, पैंसा र मन्त्री पाइन भनेर रुने भयौं ।’
उनले पद, पैंसा र कमिसनमा आफ्नो पार्टी डुब्न लागेको भन्दै आफ्नै वर्गलाई बिर्सिएको भन्दै समीक्षा गर्नुपर्ने बताए । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।
























