Breaking News
चितवनका वकिलको ठगी धन्दा, मुद्धा मिलाइदिन्छु भन्दै पैसा माग्दै गर्दा पक्राउ
०

चितवन,असोज १२-
चितवनमा मुद्धा मिलाइदिन्छु भन्दै पटक–पटक रकम माग्ने एक जना कानुन व्यवसायी (वकिल)लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका ५ पदमपुर बस्ने ५० बर्षका कानुन व्यवसायी रामचन्द्र देवकोटा रहेका छन ।
उनले आफै नागरिकताको विषयमा जाहेरी दरखास्त लेखी जाहेरी प्रतिबादीका रुपमा उल्लेख भएका व्यक्तिसंग पटक–पटक फोन गरेर पैसा माग गरेको प्रहरीले जनाएको छ । उनले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त परेको बताउँदै दरखास्त दर्ता नगराई मुद्धा मिलाइदिन्छु भन्दै पैसा माग गरेका थिए । पक्राउ परेका व्यवसायीलाई ठगी उद्योग मुद्धामा चितवन आदलतबाट म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले भरतपुरमा कार्यालय संचालन गरी काम गरिरहेको प्रहरीको भनाई छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























