Breaking News
राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज
०

काठमाडौं,असोज ११-
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन) २०७८ खारेज गरेकी छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । संविधानको धारा ११४ को उपधारा (२) को खण्ड ‘ख’ बमोजिम अध्यादेश खारेज भएका राष्ट्रपति कार्यालयले जनाएको छ ।
एमाले विभाजन गर्न माधव नेपाल समूहलाई बाटो खोल्ने उद्देश्यले सरकारले अध्यादेश जारी गरेको थियो । सोही अध्यादेशले व्यवस्था गरेको प्रावधानका आधारमा एमालेबाट फुटेको समुहले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको छ । एमाले विभाजनको उद्देश्यपूर्ति सँगै सरकारले अध्यादेश खारेज गरेको हो । अध्यादेशका कारण सत्तारुढ दलहरुहरु भित्रै विभाजनको त्राश थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























