Breaking News

बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा,९५ प्रतिशत बढी नागरिक साक्षर

Banner

हेटौंडा,असोज ११-

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मीे शाक्यले आज बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्नुभएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा शाक्यले बागमतीलाई साक्षर प्रदेश घोषणा गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडि बढाउनुपर्छ । प्रदेशमा शिक्षाको ज्योतिलाई सबैतिर फैलाउनुपर्छ ।” उहाँले हाल बागमती प्रदेश पूर्ण साक्षर नभए पनि आगामी दिनमा भने स्थानीय तह, जिल्ला समन्वय समितिसंग समन्वय गरी प्रदेशलाई पूर्ण रुपमा साक्षर बनाउने बताउनुभयो ।

उहाँले विगतमा बेलुकाको समयमा मात्र प्रौढकक्षा पढ्नुपर्ने महिलाको बाध्यता भए पनि अहिले त्यो समस्या हटेकाले अब सबै नागरिक साक्षर बन्नुपर्ने बताउनुभयो । जिल्लास्तरका सबै निकाय साक्षर अभियानमा लाग्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री शाक्यले घोषणाको काम सकिए पनि यसको कार्यान्वयन गर्न लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रदेशका १५ देखि ६० वर्षबीचका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भइसकेकाले एउटा सन्देश प्रवाह गर्न बागमतीलाई साक्षर प्रदेश घोषणा गरिएको प्रदेश शिक्षा निर्देशनालय बागमती प्रदेश हेटौँडाका निर्देशन चन्द्रप्रसाद लुइँटेलले जानकारी दिनुभयो । उहाँका अनुसार अब भने १५ वर्ष मुनि र ६० वर्षमाथिका नागरिकहरूलाई पनि साक्षर बनाउने कार्यलाई तीव्रताका साथ पहल गरिनेछ । प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मन्त्री, सचिव, मन्त्रालय र निर्देशनालयका कर्मचारीलगायतको सहभागिता थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>