Breaking News

निर्वाचनपछि एमाले खोज्‍न टर्च बाल्‍नुपर्छः माधव नेपाल

Banner

हेटौंडा,असोज ९-

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले अबको निर्वाचनपछि केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने टिप्पणी गरेका छन्। शनिबार मकवानपुरको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘ओलीजस्तो फटाहा, गफाडी र व्यक्तिवादीले नेतृत्व गरेको एमाले दक्षिणपन्थीमा लागिसकेको व्यक्ति कोही छैन। अबको चुनावपछि केपी ओलीको नेकपा एमाले कता छ ? भनेर टर्च बालेर खोज्नुपर्छ।’

आफ्नो पार्टीले गठन भएको एक महिनामै केपी ओलीलाई धुलो चटाएको दाबी गरे। ओलीले एमालेलाई आफूसँगै दक्षिणपन्थीतर्फ लगेको आरोप लगाए। ओली व्यक्तिवाद र गुटवादमा रमाएको भन्दै दक्षिणपन्थी दिशामा लागेर विदेशीको अगाडि लम्पसार परेको समेत दाबी गरे।

अध्यक्ष नेपालले भने, ‘ओलीको पार्टीलाई हाम्रो समाजवादीसँग दाँज्नै मिल्दैन। हाम्रो पार्टी नेपाली जनताको लागि बनेको हो। हामी आफ्नो कमजोरी मान्न सक्छौँ। तर, ओली आफूविरुद्ध केही सुन्न सक्दैनन्। उनी आफ्नो हुकुम चलाएर दलाल पुँजीवादसँग साँठगाँठ गर्छन्।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>