Breaking News
एमाले केन्द्रीय समिति बैठक : समूहगत छलफल सकियो, दस वटै समूहको टोली नेता चयन

काठमाडौं, असोज ९-
ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदन माथिको समूहगत छलफल सकिएको छ।
शुक्रबारबाट सुरु भएको बैठक आज पनि बसेको हो । शुक्रबार पेस भएको प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको थियो।
त्यस्तै आज उक्त १० समूहबाट टोली नेता चयन भएको बताइए पनि उक्त टोलीमा माधव नेपालको साथ छोडेर आएका कोही नेता परेका छैन् । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार समूहमा चयन भएको टोली नेता सबैले छलफलबाट आएको निष्कर्ष सुनाउ पर्छ ।
त्यस्तै प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराईले चयन भएका छन्।
समूहगत छ्लफलको सुझावपछि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिने छन्। तर पार्टीका अध्यक्ष केपी ओली, उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल बैठक स्थलमा आइनपुगेकाले केन्द्रीय कमिटी अझै सुरु हुन सकेको छैन। त्यस्तै एमालेले आगामी असोज १५ देखि १७ गतेसम्म पहिलो विधान महाधिवेशन गर्दैछ ।
























