Breaking News

नारायणहिटीमा राखिएको पूर्वाराजाको श्रीपेच चोर्ने प्रयास

Banner

काठमाडौं, असोज ७ –

नारायणहिटी दरबार संग्रहालयमा राखिएको श्रीपेच चोर्ने प्रयास गर्ने एक जना पक्राउ परेका छन् ।

दरबार संग्रहालयमा अवलकोनमा गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्ती पक्राउ परेका हुन् ।

उनले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेपछि उनलाई पक्राउ गरिएको हो । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार सिसा फुटाउन खाजेपछि सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

श्रीपेच बुलेट प्रुफ सिसाभित्र रहेको छ । बुलेट प्रुफ बाहिर रहेको सिसाको आवरण भने फुटेको दाहालले जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>