Breaking News

चितवनको रत्नगनगरका कर्मचारी मध्यरातमा सरकारी गाडीमा रक्सी खाँदै गाउँमा हल्ला गर्दै हिँडेपछि…

  • Logo
    app haru
  • ६ आश्विन २०७८, बुधबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, असोज ६  –

चितवनको रत्ननगर नगरपालिकामा सरकारी गाडीको चरम दुरुपयोग भएको पाइएको छ । रत्नगनगरका कर्मचारीले कार्यालयको सवारीसाधनमा रक्सी खाँदै मध्यरातमा होहल्ला गर्दै हिँडेको पाइएको हो ।

रक्सीले मातेर होहल्ला गरेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । बा २ झ १२१७ नम्बरको गाडीमा रक्सीका बोतलसहित उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

रक्सीले मातिनेहरुमा दुई जना थिए । उनीहरु मध्ये एक नगर प्रहरी र एक सवारी चालक रहेको बताइएको छ । घटनाका सम्बन्धमा नगरपालिकाका प्रमुख (मेयर) नारायण वनले बचाउ गर्दै नगरपालिकाकै काममा जाँदा उनीहरुलाई केही अराजक तत्वले अवरोध गरेको दाबी गरे । उनले नगरपालिकाका वडा नम्बर १४ र १६ मा अवैध ढुङ्गा उत्खनन् रोक्न परिचालन भएका कर्मचारीलाई अवरोध गरिएको बताए ।

उनले घटनाका सम्बन्धमा कर्मचारीलाई स्पष्टिकरण सोधिएको र दोषी देखिए कारबाही गर्ने बताए । कर्मचारीले आफूहरुलाई जबरजस्ती रक्सी खुवाएको र रक्सीका बोतल गाडीमा हालेको आफूहरुलाई बताएको मेयर वनले जनाए ।

 

 

https://www.facebook.com/photo/?fbid=2495088190628732&set=pcb.2495088340628717

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>