Breaking News

चितवनको घोप्टेभिरमा पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध

Banner

चितवन,असोज ६-

चितवनको ईच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गएराती ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । विहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको छ । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

पहिरो खसेपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आफ्नो लेनमा अनुशासन कायम गरेर बस्न सबै सवारीचालकलाई अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>