चितवन विशेष
अनेरास्ववियु चितवन संयोजक प्रकाश आचार्य केन्द्रिय सदस्य मनोनित
०

चितवन,असोज ५-
अनेरास्ववियु चितवनका संयोजक प्रकाश आचार्य केन्द्रिय सदस्य मनोनित भएका छन । आज काठमाडौंमा सम्पन्न अनेरास्ववियुको भेलाले आचार्यलाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । चितवनका विद्यार्थी माझ लोकप्रिय आचार्य नेकपा एमाले भरतपुर ११ का वडाध्यक्ष समेत हुन ।
सुनिता बरालको नेतृत्वमा गठन भएको नयाँ केन्द्रिय कमिटीलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सपथ गराइएको हो । यस्तै अनेरास्ववियूको सचिवालय सदस्यमा चितवनबाट प्रकाश भट्ट, देव पाठक, स्वरुप सुयाल र धिपन भण्डारी मनोनित भएका छन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























