चितवन विशेष

नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनको अध्यक्षमा पराजुली

Banner

चितवन,असोज ५-

नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनको अध्यक्षमा ख्याम नारायण पराजुली निर्वाचित हुनुभएको छ । मञ्चको सोमबार सम्पन्न दशौं बार्षिक साधारणसभा तथा छठौं अधिवेशनले पराजुलीको अध्यक्षतामा १६ सदस्सीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा लक्ष्मी कार्की, प्रथम उपाध्यक्षमा दिपक पौडेल, उपाध्यक्षमा गणेश प्रसाद पौडेल, महासचिवमा जनक कट्टेल, कोषाध्यक्षमा बिमला अधिकारी र सहकोषाध्यक्षमा बिन्दु अधिकारी चयन हुनुभएको छ ।

अधिवेशनले सदस्यहरुमा विनोद सापकोटा, रामबन्दु पौडेल, ज्योतिप्रसाद कंडेल, दिपक ढकाल, गणेश प्रसाद उपाध्याय, नेत्र प्रसाद शर्मा, विक्रम सापकोटा, सुरेन्द्र केसी र बुद्धिसागर सापकोटालाई चयन गरेको छ । निवर्तमान अध्यक्ष हरी शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल घरवहाल सरोकार महासंघका केन्द्रिय अध्यक्ष अधिवक्ता बलभद्र खनाल रहनुभएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ,चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कंडेल लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>