Breaking News

बकुलहर अस्पतालमा अक्सिजन प्लान्ट र पिसिआर मेसिन उद्घाटन

Banner

चितवन, असोज ५ –
पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा कोरोना परिक्षणका लागि पिसिआर मेसिन र अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ ।

पूर्वी चितवनका नगरपालिकाहरुलाई लक्षित गर्दै बागमती प्रदेश सरकारको सहयोगमा पिसिआर मेसिन र अक्सिजन प्लान्ट जडान गरिएको हो । अक्सिजन प्लान्टको  बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य तथा पिसिआर मेसिनको प्रदेशका स्वास्थ्यमन्त्री प्रदिप कुमार कटुवालले उद्घाटन गरे ।

पहिलो कोरोना संक्रमणको लहरका बेला पूर्वी चितवनका चार नगरपालिकाले प्रदेश सरकार समक्ष पिसिआर मेसिनको माग गरेका थिए ।

उद्घाटनका अवसरमा मुख्यमन्त्री शाक्यले स्वास्थ्य  र शिक्षा प्राथमिकतामा नपरेको वताईन् । सामाजिक विकास मन्त्रालय अन्र्तगत राख्दा यि क्षेत्रले प्राथमिकता पाएनन् मुख्यमन्त्री शाक्यले भनिन्-जनमुखी क्षेत्र भएकाले अहिले स्वास्थ्य मन्त्रालय अलग गरिएको छ । प्रदेश सरकारले प्रत्येक जिल्लामा पिसिआर मेसिन र अक्सिजन प्लान्ट राख्न लागेको समेत मुख्यमन्त्री शाक्यले वताईन् ।

रत्ननगर नगरपालिका प्रमुख नारायण वनले प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नती भएपनि पर्याप्त सहयोग नपाएको गुनासो पोखे । पहिलो पटक पिसिआर मेसिन र अक्सिजन प्लान्टलाई प्रदेश सरकारले सहयोग गरेको छ,नगर प्रमुख वनले भने – जनशक्ती थप्नेदेखी आवश्यक अन्य सहयोगका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण गराउँछु ।

अस्पतालका मेसु विश्ववन्धु वगालेले हाल दैनिक ७ सयको हाराहारीमा विरामी आउने गरेपनि मेडिकल सिटीको रुपमा रहेको जिल्लाको पूर्वी चितवन  वत्ती मुनीको अध्यारो जस्तै रहेको वताए ।

मेसु वगालले कर्मचारीको समायोजन गर्न,साँघुरो अवस्थामा रहेको अस्पताललाई जग्गा उपलव्ध गराउन ,स्तरोन्नती गर्न माग गरे । अहिले ५० वेडको अस्पताल रहेपनि धेरै समय धान्न नसक्ने भएकाले स्तरोन्नती गर्नु पर्ने मेसु वगालले वताए ।

अस्पताल व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष गोपाल कर्मचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री प्रदिपकुमार कटुवाल,सामाजिक विकास मन्त्री विजय सुवेदी,संघीय सरकारका पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी,प्रदेशका पूर्व सहकारी मन्त्री दावा लामा, पूर्व साँसद काशीनाथ अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>