चितवन विशेष

चितवनका पत्रकार भगतलाई पर्यावरणमैत्री वर्ष पत्रकार पुरस्कार

Banner

चितवन, असोज ५-

चितवनका वातावरण पत्रकार कोमलचन्द्र भगतलाई यस वर्षको ‘इन्भारोमेन्टल फ्रेन्डली जर्नालिस्ट अफ दी इयर अवार्ड’ (पर्यावरणमैत्री वर्ष पत्रकार पुरस्कार) प्रदान गरिएको छ । सिजन मिडियाले आफ्नो १३औँ स्थापना दिवस तथा सातौँ संविधान दिवस २०७८ को अवसरमा भगतलाई वर्षकै उत्कृष्ट वातावरण पत्रकार अवार्ड प्रदान गरेको हो ।

दुई दशक भन्दा बढी समयदेखि मोफसलमा रहेर वातावरण बिटमा पत्रकारिता गर्दै आएका पत्रकार सुडीको पेशागत योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । चितवनमा सञ्चालित आभास टेलिभिजन एचडीमा ‘पर्यावरण र विकास’ कार्यक्रम मार्फत पत्रकार भगतले संरक्षणका लागि पत्रकारिता भन्ने मूलमन्त्रलाई अवलम्बन गर्दै कार्यक्रम सञ्चालन गर्दै आएका छन् । संरक्षण र विकासका पाटोलाई प्राथमिकता दिई उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

कार्यक्रममा संरक्षणमूलक कार्यक्रम उत्पादन तथा प्रशारण गरी समुदायमा जनचेतना फैलाएकोमा आभास टेलिभिजन एचडीलाई पनि सम्मान गरिएको थियो । सो कार्यक्रमा पत्रकार भगत सहित नेपालका विभिन्न क्षेत्रका ३१ हस्तीहरुलाई अवार्ड तथा सम्मान गरिएको थियो । लाजिम्पाटस्थित होटल ¥याडिसनमा भव्य कार्यक्रमको आयोजनामा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हातबाट विभिन्न विधाका ३१ जनालाई अवार्ड तथा सम्मान वितरण गरिएको हो ।

यस वर्ष ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ अन्तर्गत बरिष्ठ स्त्री रोग तथा प्रस्तुति विशेषज्ञ डा भोला रिजाललाई सम्मान गरिएको सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए । ‘सामाजिक, सांस्कृतिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा दशकौंदेखि काम गरी सफल भएका व्यक्तित्वहरुलाई हौसला जगाउन अवार्ड कार्यक्रम आयोजना गरिएको हो,’ वन्तले भने, ‘एकातर्फ कोभिडका कारण कुनै गतिविधि नै भएका छैनन् र यसप्रकारको सम्मान कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने छ भन्ने विश्वास लिएका छौँ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>