Breaking News

काठमाडौं साक्षर जिल्ला घोषणा,मन्त्री सुवेदीले गरे घोषणा

Banner

काठमाडौं,असोज ४-

काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमबार वागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन् । काठमाडौंमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री सुवेदीले काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ प्रतिशत रहेको भन्दै काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको बताए । उनले काठमाडौं जिल्लालाई साक्षर बनाउँदा धेरै खुशी मिलेको भन्दै जिल्लालाई अझै पूर्ण साक्षर बनाउनमा लागि पर्ने बताए ।

सामाजिक विकास मन्त्री सुवेदीले भने, ‘प्रचलित कानूनबमोजिम काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ रहेकोले काठमाडौं जिल्लालाई आज मिति २०७८-०६-०४ गते सोमवारका दिन साक्षर जिल्ला घोषणा गर्दछु, साक्षर बनाउँदा आज हामी जुन किसिमको खुशी व्यक्त गरिरहेका छौँ।’ उनले यसपछाडिका धेरै खुड्किलाहरु रहेकाले त्योभन्दा बाँकीलाई साक्षर बनाउनुपर्ने बताए । ललितपुर शतप्रतिशत साक्षर जिल्ला भएको भन्‍दै उनले काठमाडौंलाई पनि पूर्ण साक्षर बनाइनु पर्नेमा जोड दिए ।

शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले शिक्षामा व्यवस्थापकीय चुनौती रहेको बताए । श्रोत र साधन पर्याप्त भएपनि यसलाई व्यवस्थापन गर्न नसकेको उनले बताए। १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवं, जिल्ला र राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको नीतिगत निर्णय छ। सोही अनुरुप आज काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>