चितवन विशेष

नारायणगढको मेनरोडमा खुल्यो प्लानेट स्पोर्टस,खेलकुदका सबै सामाग्री पाइने

Banner

चितवन,असोज ४-

चितवनको नारायणगढस्थित मेडरोडमा प्लानेट स्पोर्टस संचालनमा आएको छ । खेलाडी र खेलकुद प्रेमीहरुका लागि लक्षित गरेर प्लानेट स्पोर्टस संचालनमा ल्याइएको हो । प्लानेट स्पोर्टसमा हरेक प्रकारका खेलकुद सामाग्री उपलब्ध रहेको संचालक रोशन मास्केले जानकारी दिनुभयो । फुटबल, क्रिकेट, व्याटमिन्टन खेलका सबै सामाग्री, स्पोटर्स वेयर र जिमका सामाग्री प्लानेट स्पोर्टसमा उपलब्ध हुने उहाँले बताउनुभयो ।

प्लानेट स्पोर्टसमा व्याटमिन्टनको तार र भाँचिएको समेत मर्मतको व्यबस्था रहेको छ । शुभारम्भको अवसर पारेर २० प्रतिशतसम्म छुट दिएको मास्केले बताउनुभयो । प्लानेट स्पोर्टस नारायणगढको पुरानो पुस्तक पसल दिलमाया पुस्तक भण्डार अगाडि रहेको छ । दिलमाया पुस्तक भण्डार नारायणगढको सबैभन्दा पुरानो खेलकुदका सामाग्री पाइने पसल हो । ग्राहकले चाहेजस्तो सामाग्री सहज रुपले उपलब्ध होस भन्ने उदेश्यले छुट्टै पसल संचालनमा ल्याएको मास्केले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>