Breaking News

सङ्खुवासभा हत्याकाण्ड : मुख्य योजनाकार लोकबहादुरका काका सहित पाँच जना पक्राउ

Banner

खाँदबारी, असोज ४-
गत भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो । त्यस्तै उक्त सामूहिक हत्या प्रकरणमा थप ४ जनाको संलग्नता देखिएको छ ।

एसपी भीम दाहालका अनुसार लोकबहादुर कार्कीले दिएको बयानको आधारमा अन्यलाई पनि संलग्नता देखिएपछि थप ४ जनालाई पक्राउ गरेएको छ ।

दाहालका अनुसार पक्राउ पर्नेमा लोकबहादुरका बुबा रणबहादुर कार्की, भाइ नरेश कार्की, काका खड्गबहादुर कार्की र उनका छोरा हस्तबहादुर कार्की छन् ।घटनामा संलग्न रहेको आरोपमा स्थानीय लोकबहादुर कार्की र उनका भाइ नरेशलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको थियो । त्यस्तै अनुसन्धानबाट घटनाको मुख्य योजनाकार काका खड्गबहादुर भएको दाहालले बताए ।

घटना हुनुअघिल्लो दिन राति ८ बजे खड्गबहादुरसहित हस्तबहादुर, लोकबहादुर र नरेश मिलेर तेजबहादुर कार्कीको हत्याको योजना बनाएको प्रहरीले जनाएको छ । २१ भदौमा तेजबहादुर खेताला बोलाउन आउने भएकाले त्यही मौकामा तेजबहादुर र कमलको हत्या गर्ने योजना बनाएको पाइएको प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । अन्यले थाहा पाए उनीहरुको पनि हत्या गर्ने योजना रहेको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>