Breaking News

बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीको आचारसंहिता जारी

Banner

चितवन, असोज ४ –

बागमती प्रदेशका समाजिक विकास मन्त्रीको आचारसंहिता जारी गरिएको छ । हिजो आइतबार मन्त्रालयले उक्त आचारसंहिता जारी गरेको हो । जारी आचारसंहितमा सामाजिक विकास मन्त्री विजय सुवेदीले हस्ताक्षर गरेका छन् । बागमती प्रदेश सरकारबाट जारी भएको मन्त्री तथा पदाधिकारीहरुको आचारसंहिता २०७८ को व्यवस्थालाई कार्यान्वयन गर्दै आचारसंहिता जारी गरिएको मन्त्रायले जनाएको छ ।

मन्त्रीको भूमिकालाई जनमूखी तथा उत्तरदायी बनाई व्यवस्थित, योजनावद्ध, पारदर्शी र प्रभावकारी तुल्याउन आचारसंहिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । मन्त्रीको कार्यसम्पादनलाई नैतिकता, सदाचार, मितव्ययी र आचरणयुक्त तुल्याई प्रदेश सरकार र जनता प्रतिको जवाफदेहितामा अभिवृद्धि ल्याउन प्रदेश सरकारले मन्त्री तथा पदाधिकारीहरुको आचारसंहिता २०७८ जारी गरेको छ । त्यसैको अधिनमा रही सामाजिक विकास मन्त्रीको पनि आचारसंहिता बनाइएको बताइएको छ ।

आचारसंहिताको अनुगमन तथा मूल्यांकन गरी आवश्यक सुझाव दिन मन्त्रालयले सर्वसाधारण सबैलाई आग्रह गरेको छ । मन्त्रीबाट आचारसंहिताको उल्लंघन भएको पाइएमा सोको जानकारी गराउन सरोकार वाला समुदाय तथा नागरिक समाज एवम् सञ्चारकर्मीहरुलाई मन्त्रालयले आह्वान गरेको छ ।

हेर्नुहोस्, आचारसंहिता :

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>