Breaking News

ओलीको भाषणमा ताली पिट्नेहरू देखेर हैरान छुः प्रचण्ड

Banner

काठमाडौं, असोज ४-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एजेन्डा, क्रान्तिकारी विरासत र मुद्दाहरू माओवादीसँग मात्रै रहेको बताएका छन्। यो घमन्ड र अहंकारको कुरा नभएको उनको भनाइ थियो। ‘केपी ओलीले जनताको सार्वभौम प्रतिनिधि सभालाई निर्ममतापूर्वक विघटन गरेकै हो। अहिले पनि उनले भन्छन्ः पार्टीभित्र मलाई काम गर्न दिएनन्, झगडा गरे त्यसो भएर विघटन गरेको। पार्टीभित्रको झगडाले जनताको प्रतिनिधि सभा विघटन गर्न पाइन्छ ?’ उनले भने, ‘मनपरी आफू गर्ने ? पार्टीभित्र बहुमत अर्कोतिर भएपछि उनले छोड्न पर्दैनथ्यो ?’

ओलीले अहिले नैतिकताको कुरा गर्दै हिँडेको पनि उनले बताएका छन्। ‘अहिले उनले नैतिकताको कुरा गर्ने ? मलाई त यति जलन भएको छ नि यस्ता मान्छे, पाखण्डी, डब्बल डिलर, ठगहरू चाहिँ अझै मान्छेलाई ताली पिटाउँदै हिँडिराखेका देखिन्छन्। भाषणमा ताली पिट्ने देखेर पनि हैरान हुन्छु म,’ प्रचण्डले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>