Breaking News

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक सुरु, खुल्ला राजनीतिमा आएपछिको पहिलो बैठक

Banner

काठमाडौं, असोज १ –

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको ११ औं केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

आज शुक्रबारदेखि तनहुँको बन्दीपुरमा बैठक सुरु भएको हो । बैठकमा पार्टीको आगामी कार्यदिशा, राजनीतिक एजेन्डा,रणनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

खुला राजनीतिमा आएपछि पहिलो पटक नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक बस्न लागेको हो । खुल्ला राजनीतिमा आएपछि पहिलो पटक बसेको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।

तत्कालीन माओवादीबाट अलग भएर भूमिगत गतिविधि गर्दै आएको विप्लव समूह र केपी शर्मा ओली नेतृत्वको सरकारबीच गत फागुन २१ गते तीन बुँदे सहमति भएको थियो । सो सहमतिसँगै सो समूहमाथि प्रतिबन्ध फुकुवा भएको थियो ।

बन्दीपुरको एक होटलमा आयोजित बैठक असोज ५ गतेसम्म चल्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>