Breaking News

मन्त्रिपरिषद्ले यो हप्ताभित्र पूर्णता पाउँछ : माधव नेपाल

Banner

काठमाडौं, असोज १ –
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।

काठमाडौंको मीनभवनमा नेकपा एसको केन्द्रीय कार्यालय भवन उद्घाटनपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै नेपालले सो कुरा बताएका हुन् ।

पत्रकारहरुको प्रश्नमा नेपालले ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’ सरकारमा जान आफूहरु आज भने आजै, भोलि भने भोलि नै तयार रहेको पनि उनले बताए ।

त्यस्तै पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने र आगामी चुनावमा गठबन्धनसँग तालमेल गरेर शक्ति विस्तार गर्ने समेत अध्यक्ष नेपालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>