Breaking News

ओलीको प्रश्न – फेरि पार्टी फुटाउन माधव नेपाल चाहियो ?

Banner

काठमाडौं  , भदौ ३१ –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको आवश्यकता अब पार्टीलाई नरहेको प्रष्ट पारेका छन् ।

काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाटो गलत भएको भन्दै नेपाललाई एमालेकै फर्किन आग्रह गरेकी थिइन् ।

त्यस्तै शाक्यभन्दा पछाडि सम्बोधन गरेका अध्यक्ष ओलीले भने, ‘अझै पनि हाम्रा केही कमरेडहरूले माधव कमरेड आउनुस् भन्दै हुनुहुन्छ । फेरि किन आउने ? फेरि पार्टी फुटाउन ? माधव नेपालको आवश्यकता किन ? म बुझ्दिन । पार्टीमा छइन्जले माधव नेपालले कहिल्यै पार्टी र सरकारको पक्षमा बोलेको सुन्नुभयो ?’

लामो समय माधव नेपाल समूहमा रहेको, तर नयाँ पार्टीमा नगएर एमालेमै बसेका नेताहरुतर्फ संकेत गर्दै ओलीले लामो समय सँगै काम गर्दा माया ममता हुने भएपनि त्यसलाई छाड्नुपर्ने बताए । ‘आज देशमा निकम्मा सरकार छ, माधव नेपालजीले एमालेमाथि हमला गरेर यो अवस्था ल्याएको,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>