Breaking News
चीनमा अध्ययन गरेर आएका विद्यार्थीद्वारा इन्टर्नसिप नगराउनुको जवाफ खोज्दै प्रदर्शन
०

काठमाडौं, भदौ ३१-
चीनमा एमबीबीएस अध्ययन गरेर आएका विद्यार्थीहरुले लामो समय भइसक्दा पनि इन्टर्नसीप गर्न नपाएको भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।
सात वर्षअघि (सन् २०१४) मा एमबीबीएस कोर्स पूरा गरेको भए पनि चिकित्सा शिक्षा आयोगले इन्टर्नसिप नगराएको उनीहरूको गुनासो छ । माइतीघरमा भेला भएका उनीहरूले आफूहरूको इन्टर्नसिपमा भएको ढिलाइबारे जवाफ मागेका छन् ।
उनीहरुले प्लेकार्डमा ‘इन्टर्नसीपमा किन ढिला सुस्ती ?, अझै कति पर्खिने ?, १२ दिन भनी १-२ महिना कुरायौ अब कति कुराउँछौं ?, स्पष्टीकरण चाहियो, चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन गर’ लगायतका नारासहित मंगलबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका छन् ।
उनीहरूले नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियमको बुँदा नम्बर ३ बारे पनि ध्यानाकर्षण गराएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























