Breaking News

तत्काल स्कुल सञ्चालन नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

Banner

काठमाडौं, भदौ ३१-

तत्काल स्कुल सञ्चालन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलका अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न आग्रह गरेको जानकारी दिए ।

उनले कोभिड–१९ को संक्रमण घटे पनि जोखिम नघटेको बताउए । ‘सबै पालिकामा एउटै अवस्था छैन । सबै विद्यालयमा पनि एउटै अवस्था छैन’, उनले भने, ‘त्यसैले विद्यालयको अवस्था र स्वास्थ्यको मापदण्ड पालना गर्नसक्ने स्थिति हेरी मात्र विद्यालय खोल्नुहोस् ।’

शिक्षक, कर्मचारी र विद्यार्थीलाई कोभिड–१९ सँग आवश्यक अभिमुखीकरण गरी विद्यालय खोल्न भनिएको छ । विद्यालयले यही असोज १ गतेदेखि खोल्ने तयारी गरिएको छ । उनले विद्यालय खोल्नुअघि ती ठाउँमा परीक्षण र उपचारको व्यवस्था समुचित व्यवस्था मिलाउनुसमेत भनेका छन् । विद्यालय खोल्नुअघि बालबालिकाको स्वास्थ्य जाँच गर्नु पर्ने उनको भनाई छ ।

त्यस्तै उनले स्थानीय तहमा रहेको कोभिड–१९ को जोखिम आँकलन गरी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ पालना गरी मात्रा विद्यालय खोल्न भनिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>