Breaking News

फोहोर उठ्न नसक्दा दुर्गन्धित बन्यो नारायणगढ बजार (फोटो/भिडियोसहित)

  • Logo
    app haru
  • ३० भाद्र २०७८, बुधबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, भदौ ३०
विगत एक हप्तादेखि नारायणगढ बजारको फोहोर उठ्न नसक्दा बजार क्षेत्र दुर्गन्धित बनेको छ । सर्वसाधारणदेखि नारायणगढका व्यापारी सबै फोहोरको दुर्गन्धका कारण मर्कामा परेका छन् ।

ठाउँठाउँमा फोहोर थुप्रिएको छ । सवारी साधनले ती फोहोरलाई यत्रतत्र छरिदिएका छन्् । बजारको अवस्था बिजोग छ ।

कमलनगर चोकमा रहेको एक मोबाइल पसल व्यावसायी अनिल पौडेलले फोहोरको गन्ध पसलसम्मै आउँदा आफूहरुको स्वास्थ्यमा नै असर पर्ने देखिएको बताए । उनले गन्धका कारण ग्राहकहरु पसल छिर्ने बित्तिकै भाग्ने गरेको दुखेसो पोखे ।

अर्का व्यावसायी सन्तोष लम्सालले फोहोर किन उठ्न सकेन भनेर बुझ्न महानगरमा सम्पर्क गर्दा फोन न उठ्ने गरेको बताए । फोहोर फाल्ने पनि उस्तै, न उठाउने पनि उस्तै भन्दै उनले यहाँका व्यावसायी चरम मर्कामा परेको बताए ।

दैनिकजसो नारायणगढका बैंकहरुमा पुग्ने भावना पौडेल लम्सालले फाहोरका कारण पैदल हिँड्नेहरुले सबैभन्दा बढी सास्ती खेप्नु परेको बताइन् ।

भरतपुर महानगरका प्रवक्ता अरुणपीडित भण्डारीले फोहोर फाल्ने स्थायी ठाउँ नुहँदा समस्या भइरहेको बताए । अस्थायी रुपमा फोहोर फालिँदै आएको स्थान भरतपुर २४ मा त्यहाँका स्थानीयले पटकपटक अवरोध गर्दा फोहोर उठ्न नसकेको उनले बताए । भरतपुर २३ र २४ को सिमाना केरुङ्गाको खाल्डो भरतपुरको फोहोर व्यवस्थापन हुँदै आएको छ ।

पछिल्लो समय पुनः सम्झौता गरी फोहोर फाल्ने व्यवस्था मिलाइएको बताउँदै उनले आज भोलिमै नारायणगढको फाहोर उठाइने बताएका छन् ।

भरतपुर महानगरपालिका ११ को जंगल क्षेत्रमा स्थायी ल्याण्डफिल साइड बनाउन डिपिआर बनाइसकिएको भए पनि काम सुरु हुन नसकेको उनले बताए । दुई वर्षअघि कोरियनहरुको संस्थाले डिपआर बनाएर सम्झौता गरिसकेको बताउँदै उनले कोरोनाका कारण काम सुरु हुन नसकेको बताए । अब छिट्टै काम सुरु भई एक वर्षमै काम सम्पन्न हुनेमा आफूहरु विश्वस्त रहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>