Breaking News
अवरुद्ध मुग्लिन-नौबिसे सडक दुईतर्फी सञ्चालन
०

मुग्लिन, भदौ ३०-
पहिरोका कारण अवरुद्ध मुग्लिन-नौबिसे सडक सञ्चालनमा आएको छ । मंगलबार राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























